धनगढीमा ‘स्मृति वृक्ष बाटिका’को उद्घाटन

कैलालीः आफ्नो र आफ्ना आफन्तहरुको सम्झनामा बिरुवा रोप्न पाउने गरि निर्माण हुन लागेको स्मृति बृक्ष बाटिकाको शनिवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले स्मृति बृक्ष रोपेर बाटिकाको उद्घाटन गरेका हुन् ।

उप–महानगरपालिका, इरिन्च नेपाल र कैलाली बहुमुखी क्याम्पसको साझेदारीमा वडा नं. ८ मा स्मृति बृक्ष बाटिका निर्माण भइरहेको हो । बाटिकाको नाम कैलाली बहुमुखी क्याम्पस स्मृति बृक्ष बाटिका राखिएको छ । बाटिका निर्माणका लागि कैलाली बहुमुखी क्याम्पसले जमिन उपलब्ध गराएको हो ।

स्मृति बृक्ष बाटिकाका कुनै पनि ब्यक्तिले आफ्नो जन्मदिन, आफुन्तको जन्मदिन बा कुनै त्यस्तो पुण्य तिथीमा बृक्ष लगाउन पाउने नगरप्रमुख नृपबहादुर वडले बताए । इरिन्च नेपालका अभिषेक नेपालले धनगढी उप–महानगरपालिकाका बिभिन्न स्थानमा यस्तै स्मृति बृक्ष बाटिका तयार गर्ने कुरामा छलफल भइरहेको बताए ।

स्मृति बृक्ष बाटिका निर्माण गर्ने कुरा नयाँ अवधारणा भएको उनले बताए । उप–हानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले बाटिकाको क्षेत्रफल झण्डै २ बिगाहा रहेको जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्