वाचन डबलीको ९५ औं श्रृंखला कतारमा सम्पन्न

दोहाः  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नबोदित साहित्य वाचनालय कतारको संयुक्त आयोजनामा बाचन डबलीको ९५ औं श्रृंखला कतारमा सम्पन्न भएको छ। शुक्रबार कतारको दोहा स्थित सालिमार प्यालेस रेस्टुरेन्टमा भब्य रुपमा सप्पन्न भएको कार्यक्रममा सामजिक अभियान्ता धनकुटाका रकम ध्वज राई विशिष्ठ स्रोताका रुपमा रहेका थिए।

कार्यक्रम संयोजक अनिल परिवर्तन रहेको उक्त कार्यक्रममा अनेसास कतार च्याप्टरका सल्लाहकार तिर्थ संगम राई, अनेसास कतार च्याप्टरका अध्यक्ष प्रेम प्रसाद भट्टराई, नबोदित वाचनालय कतारका अध्यक्ष दिलिप पराजुली, नेपाल पत्रकार महासंघ कतारका निवर्तमान अध्यक्ष, अनेसास कतार च्यापटरका सल्लाहकार गणेश बन्जाडे लगाएत कतारमा कार्यरत करिब ४ दर्जन भन्दा साहित्यकारको उपस्थिती थियो।

कार्यक्रममा २ दर्जन भन्दा बढि श्रष्टा तथा सर्जकले कविता, गजल, मुक्तक लगायतका साहित्यिक रचनाहरु वाचन गरेका थिए । कार्यक्रममा सानू थपलिया (गजल), सुरेश परियार आभाष (गजल), तिर्थ संगम राई (कविता) देब क्षेत्री (गजल), राम आचार्य ‘सायर’ (गजल), महेन्द्र खड्का (गजल), निरन नेपाल (गजल), (गजल),स्वतन्त्र नेपाल (गजल), शेखर बस्नेत (गजल), रुप रसाइली (गजल र कविता) ,नारायण भण्डारी (गजल), चक्र कार्की (गजल), बुद्ध राज राई (गजल), लिलानाथ घिमिरे (कविता), युवराज अधिकारी (गजल) ,तिलु शर्मा पौडेल (गजल) चिरञ्जीवी तिम्सिना (कविता), सिताराम थापा (कविता) मणि पौडेल (गजल), लेख कार्की(गजल), श्याम रानाभाट खड्का (गजल), दिलिप पराजुली (गजल), प्रेम प्रसाद भट्टराई (गजल) लगायतका श्रष्टा तथा सर्जकले रचना वाचन गरेका थिए ।

कार्यक्रमका विशिष्ट स्रोता तथा विभिन्न संघ सस्था तथा समाजसेवामा आबद्ध रकम राईले प्रवासमा रहेर पनि नेपाली साहित्यमा कलम चलाउने साहित्यकारका रचनाले सकारात्मक समाजको निर्माण गर्नमा मद्दत पुगेको र प्रवासको साहित्यलाई नेपालसम्म जोडनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्