टेस्ट सिरिजः भारतविरुद्ध सर्बाधिक तौल भएका क्रोनवालले खेल्ने !

काठमाडौंः  भारतसँगको टेस्ट क्रिकेट सिरिजमा लागि वेस्ट इन्डिजले टिम घोषणा गरेको छ । वेस्ट इन्डिजले जसन होल्डरको कप्तानीमा टिम घोषणा गरेको हो ।

आज घोषणा गरिएको टोलीमा धेरै अनुभवी खेलाडीलाई समावेश गरिएको छैन । टिममा क्रिस गेलसमेत अटाउन असफल भएका छन् ।

भारत र वेस्ट इन्डिजबीचको टेस्ट २२ अगस्टदेखि सुरु हुने छ । वेस्ट इन्डिजले घोषणा गरेको टिममा धेरै तौल भएका खेलाडी पनि समावेश भएका छन् । ति अलराउन्डरको नाम हो–रहकीम क्रोनवाल ।

उनले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्नका लागि टिममा मौका पाएका हुन् । उनको तौल कति होला? १०० वा १२० किलाे? यति मात्रै होइन रहकीमको तौल १४० किलो छ ।

यदि उनले भारत विरुद्धको टेस्ट खेलमा मौका पाएमा नयाँ इतिहास रच्ने छन् । अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा १२० भन्दा बढी तौल भएको क्रिकेटरले खेलेका छैनन् । रहकीमको उचाई ६ फिट ५ इन्च छ ।

टेस्टका लागि वेस्ट इन्डिज क्रिकेट टिमः जसन होल्डर (कप्तान), क्रेग ब्रार्थवेट, ड्यारेन ब्रावो, शमार्ह ब्रूक्स, जन क्याम्पबेल, रस्टन चेज, रहकीम क्रोनवाल, शेन डरिच (विकेटकीपर), शेनन गेब्रियल, शिमरन हिटमायर, शाई होप, कीमो पउल र केमार रोच।

कमेन्ट गर्नुहोस्