प्रचण्डको चेतावनीः ‘इतिहास उल्टाउन खोज्नेहरु फोहोरमा फ्यालिन्छन्’

काठमाडौंः  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले इतिहास उल्ट्याउन खोज्नेहरुलाई फोहोरको थुप्रोमा मिल्क्याइने चेतावनी दिएका छन् । शनिबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दै प्रचण्डले यस्तो चेतावनी दिएका हुन् ।

परिर्वतन निरन्तर अगाडि बढिरहने र पछाडि फर्किन नसक्ने भन्दै उनले इतिहास उल्ट्याउन गरिने प्रयास र तीनका अगुवाहरु अन्ततः सबै फोहोरको थुप्रोमा मिल्क्याइने बताए । अध्यक्ष प्रचण्डले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने दाबी गरे ।

याे पनि पढ्नुस  अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्छः अध्यक्ष प्रचण्ड

उनले भने, ‘जनतामा राजनीतिक सामाजिक जागरणसहित अगाडि बढेको विद्रोह र त्यसका उपलब्धिलाई कसैले उल्ट्याउन सकेको छैन । इतिहासको चक्का निरन्तर अगाडि बढ्छ । पछाडि धकेल्न चाहनेहरु इतिहासको रछ्यानमा मिल्याइने नै गरेका छन् । नेपाल त्यसको अपवादमा हुनै सक्दैन ।’

पूवैप्रधानमन्त्री समेत रहेका प्रचण्डले प्रतिगमनको प्रभाव नेपाली राजनीतिमा पर्न नदिनका लागि नै कम्युनिष्ट एकता गरिएको स्पष्ट पारे । उनले पुराना सोच, संरचना, मूल्य मान्यतालाई व्यवहारतः विस्थापित गरि नयाँ सोच, मुल्य मान्यता र संस्कृति अघि बढाउने चुनौती अहिले पनि कायम रहेकाले परिर्वतनपक्षधरहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए ।

याे पनि पढ्नुस  सिंगापुरबाट आउने वित्तिकै प्रधानमन्त्री र प्रचण्डबीच भेट, के भयो कुराकानी?

उनले मुलुकको समग्र शिक्षा प्रणालीलाई समाजवाद शिक्षा नीति अनुसार अघि बढाउनका लागि शिक्षकहरुको निकै ठूलो भूमिका रहेको भन्दै प्रभावकारी भूमिका निर्वाहका लागि आग्रह गरे ।

कमेन्ट गर्नुहोस्