Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वडाध्यक्षसहित ७ जना पक्राउ

बाराः  प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले उद्घाटन गर्न लागेको एक कार्यक्रम बिथोलेपछि प्रहरीले बाराको परवानीपुर गाउँपालिका–५ का वडाअध्यक्ष रामेश्वर शाह कलबारसहित ७ जनालाई पक्राउ गरेको छ ।

आफ्नो वडा (नौतन) मा निर्माण भएको धर्मशालाको उद्घाटन कार्यक्रममा आफूलाई प्रतिनिधित्व नगराएको भन्दै कार्यक्रम बिथोल्न खोजेपछि वडाअध्यक्ष कलबारसहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईले जानकारी दिए ।

तत्कालिन संघीय समाजवादी पार्टीबाट निर्वाचित वडाअध्यक्ष रामेश्वर कलबार, अनेरास्ववियु क्रान्तिकारीका नेता विवेक गुप्ता, हरिशंकर गुप्ता र रुपेश गुप्ता पक्राउ परेको उनले बताए ।

यता धर्मशाला निर्माणको क्रममा व्यापक अनियमितता गरेको भन्दै वडाअध्यक्ष कलबारको आरोप छ । मन्त्री सोनलको ठाडो आदेशमा विरोधमा उत्रनेलाई पक्राउ गराएको स्थानीयको आरोप छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: