विप्लवनिकट सांस्कृतिक महासंघका महासचिव थपलिया पक्राउ

काठमाडौंः  प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट सांस्कृतिक महासंघका महासचिव खेम थपलियालाई पक्राउ गरेको छ ।

अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव थपलियालाई शनिवार बागबजारस्थित पद्मकन्या क्याम्पस नजिकै उनको कोठाबाट सशस्त्र इन्टेलिजेन्स ब्यूरोले दिएको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  विप्लवको ईञ्चार्ज भन्दै बम पड्काउने र ज्यान मार्ने धम्की, कार्यालय प्रमुखबाट लाखौं असुली

उनलाई पक्राउ गर्न सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको थियो ।

कमेन्ट गर्नुहोस्