नेपाल क्रिकेट संघ प्रदेश १ को अध्यक्षमा मिङमा डण्डु शेर्पा निर्वाचित

काठमाडौंः  प्रदेश १ को प्रादेशिक क्रिकेट संघको अध्यक्षमा मिङमा डण्डु शेर्पा निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न प्रादेशिक क्रिकेट संघको विशेष साधारण सभाले मिङमा डण्डु शेर्पाको नेतृत्वमा १३ सदस्यीय संघ निर्वाचित गरेको हो ।

निर्वाचित हुनेमा अध्यक्ष मिङमा डण्डु शेर्पा, उपाध्यक्ष नबीन घिमिरे, सचीव मनोज कटुवाल, कोषाध्यक्ष बिरु श्रेष्ठ रहेका छन् ।

प्रदेश नं १ अन्तर्गत नेपाल क्रिकेट संघका उदयपुर, इलाम, सुनसरी, मोरङ र झापा गरी पाँच जिल्ला क्रिकेट संघ रहेका छन् ।

कमेन्ट गर्नुहोस्