ग्लोबल टि–२० लिगः आज सोमपालले मौका पाउने सम्भावना कति?

काठमाडौंः ग्लोबल टि–२० क्यानडा लिगको दोस्रो क्वालिफायर खेलमा नेपाली क्रिकेट टिमका अलराउन्डर सोमपाल कामी आावद्ध विनिपेग हक्स र ब्राम्प्टन वल्भ्स खेल्दै छन् ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति ११ः४५ बजेदेखि सुरु हुनेछ । आजको विजेताले उपाधिको लागि आइतबार भान्कुभर नाइट्ससँग खेल्ने छ । खेल स्टार स्पोर्टस र हटस्टार एपबाट हेर्न सकिने छ ।

हक्समा आवद्ध सोमपालले आजको खेलमा प्लेइङ–११ मा मौका पाउने सम्भावना न्यून छ । सोमपालले एक खेलमा मौका पाएका थिए ।

उक्त खेलमा उनी महंगा सावित भएपछि लगातार बेन्चमै बस्दै आएका छन् । तर, टोरन्टो नेशनलसँगको खेलमा हक्सका बलरले खराब प्रर्दशन गर्दै २० ओभरमा ५ विकेट लिदा २३८ रन दिएका थिए । यसकारण आजको खेलमा सोमपालले प्लेइङ–११ मा मौका पाउन पनि सक्छन् ।

टोरन्टाकोविरुद्ध सोमपालआवद्ध टिमका बलरको प्रदर्शन यस्तो थियो
उमीर घानी ३ ओभरमा ४५ रन शून्य विकेट
कप्तान इमरित ४ ओभरमा ५१ शून्य विकेट
साइमन अनवार ३ ओभरमा ३५ रन एक विकेट
मोहम्मद इरफान ४ ओभरमा ३८ रन २ विकेट
कालीम सीमा ४ ओभरमा ३५ रन २ विकेट

कमेन्ट गर्नुहोस्