कैलालीमा गुडिरहेको जिपमा आगलागी

धनगढीः कैलालीको टीकापुर नगरपालिका–१ बजारमा आजगुडीरहेको जीपमा आगलागी भएको छ । दिउँसो सवा १ बजे टीकापुरको पार्क रोडको खप्तड भिल्ला अगाडि गुडीरहेको बा ७ च ८३०९ नम्बरको जिपमा आगलागी भएको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार सञ्जय चौधरीले चलाइ रहेको शैलेश्वरी ड्राइभिङ सेन्टर टीकापुरको जिपमा गुड्दा गुड्दै एक्कासी आगलागी भएको हो । टीकापुर नगरपालिकाको दमकलले आगो निभाएको थियो ।

जिप जलेर पूर्ण रुपमा क्षति भएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टअनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन ।

कमेन्ट गर्नुहोस्