गिलले तोडे गौतम गम्भीरको कीर्तिमान

एजेन्सीः भारतीय युवा क्रिकेटर शुभमन गिलले १७ वर्ष पुरानो कीर्तिमान भंग गरेका छन् । गिलले १७ वर्ष अगाडि गौतम गम्भीरले बनाएको कम उमेरमा दोहोरो शतक बनाएको कीर्तिमान भंग गरेका हुन् ।

उनले बिहिबार भारत ‘ए’ का लागि वेस्ट इण्डिज ‘ए’ विरूद्धको खेलमा यो कीर्तिमान बनाउन सफल भए । उक्त खेलमा गिलले नटआउट २०४ रन बनाएका थिए ।

याे पनि पढ्नुस  गौतम गम्भीरलाई ज्यानमार्ने धम्की

यो रनसँगै गिल पहिलो श्रेणीको क्रिकेटमा सबैभन्दा कम उमेरमा दोहोरो शतक प्रहार गर्ने भारतीय खेलाडी बनेका छन्। उनले यो रेकर्ड १९ वर्ष ३३४ दिनको उमेरमा बनाएका हुन्।

यसअघि गौतम गम्भीरले सन् २००२ मा जिम्बाब्बेविरूद्ध इण्डिया बोर्ड प्रेजिडेन्टका तर्फबाट खेल्दै दोहोरो शतक बनाएका थिए। सो रेकर्ड बनाउँदा गम्भिर २० वर्ष १२४ दिनका थिए।

कमेन्ट गर्नुहोस्