नेपाली सेनाका मेजर ब्राउन सुगरसहित पक्राउ

काठमाडौं, नेपाली सेनाका बहालवाला मेजरलाई ब्राउन सुगरसहित पक्राउ परेका छन ।

मेजर अजित प्रतापसिंहसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

कैलालीको धनगढी नगरपालिका २ घर भएका सिंहलाई लागू औषध कारोबार गरेको आरोपमा सुनसरीको इटहरीबाट पक्राउ गरिएको नेपाल प्रहरीले जनाएकाेे छ ।

विशेष सुराकीको आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट १ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरुबारे थप अनुसन्धान भैरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्