भारतीय कांग्रेसकाे कमाण्ड फेरि साेनिया गान्धीले सम्हाल्ने, मध्यरातमा भयाे सहमति

नयाँ दिल्ली । भारतीय अाम निर्वाचनमा पराजयपछि कांग्रेेस नेतृत्वबाट राजिनामा दिएका थिए राहुल गान्धीले । उनकाे राजिनामापछि करिब अढाई महिना कांग्रेसले नेतृत्वमा।सहमति जुटाउन सकेन ।

याे बीचमा कांग्रेस कार्यसमितकाे बैठक बसेपनि कसैकाे नाममा सहमति भएकाे थिएन । शुक्रबार १२ घण्टा लामाे बैठकपछि
साेनिया गान्धीभन्दा अर्काे विकल्प नपाईएपछि उनलाई अन्तरिम अध्यक्ष घाेषणा गरियाे ।

राती ११ बजे पत्कार सम्मेलन गरेर कांग्रेसले यसकाे जानकारी दियाे ।

बैठक चलिरहेकै बेला अाएका राहुल गान्धिले भने अध्यक्षकाे कुरा छाेडेर जम्मु कश्मिरमा हिंसा फैलिएकाे खबर अाएकाेले त्यसबारे रणनीति बनाउन सुझाव दिएकाेे भास्कर दैनिकले जनाएकाे छ ।

साेनिया गान्धिले अब अधिवेशनबाट नयाँ अध्यक्ष नचुनिदासम्म पार्टिकाे नेतृत्व गर्नेछिन् ।

२० महिना अघि समेत साेनिया नै पार्टी अध्यक्ष थिईन । उनी १९ वर्ष यसै पदमा रहिन ।

कमेन्ट गर्नुहोस्