दुईजना नक्कली परीक्षार्थी पक्राउ

वीरगञ्ज । सीटीइभिटीको नर्सिङ विषयको परीक्षामा दुईजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

रौतहट यमुनामाई गाउँपालिका वडा नं.१ जेठहरिया बस्ने २२ वर्षीय जोगेन्द्र नारायण यादव र रौतहटकै गढीमाई गाउँपालिका वडा नं ६ धरमपुरका कौशलप्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो ।

साउन २५ गते बिहान पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१५ स्थित नेशनल मेडिकल कलेजमा सीटीईभिटीको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जोगेन्द्रले रौतहट गढीमाई गाउँपालिका ६ धरमपुर बस्ने छोटेलाल यादवको नाममा र कौशलले रौतहटकै रमाकान्त साहको नाममा परीक्षा दिइरहेका थिए ।

कमेन्ट गर्नुहोस्