त्रिशूली दुर्घटनाः ज्यान गुमाउने ९ जनाकै परिचय खुल्यो, बेपत्ताको खोजी हुँदै

धादिङ । धादिङको सलाङघाटमा शुक्रबार भएको बस दुर्घटनामा हराइरहेकाको खोजी भइरहेको छ । आइतबार बिहानैदेखि नेपाली सेना प्रहरी र गोताखोर सहितको टोलीले खोजी थालेको धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

त्यस्तै दुर्घटनामा ज्यान गुमाएका नौ जनाकै परिचय खुलेको उनले जानकारी दिए । ज्यान गुमाएकी सर्लाही त्रिभुवन नगरपालिका ४ की शोभा रौनियारको शनिबार अबेर परिचय खुलेको हो ।

याे पनि पढ्नुस  त्रिशूली बस दुर्घटनाः ज्यान गुमाउने तीनै जना एकै परिवारका

त्यस्तै दुर्घटनामा परि ज्यान गुमाउनेमा भारत सितामढी बस्ने वर्ष ३० को अजय ठाकुर, सर्लाहीका २५ वर्षीय विजय कुर्मी, सर्लाहीको मलंगवा १ का सुनिल कुमार श्रीवास्तव र उनकी श्रीमती ३५ वर्षकी निमा श्रीवास्तव, मलंगवा नगरपालिका ६ का ५५ वर्षीय जगरनाथ राय यादव, सर्लाहीको हरिवनका ४६ वर्षीय बिनोदप्रसाद उप्रेती, महोत्तरीको बर्दिबास नगरपालिका ६ का २५ वर्षीया सरिताकुमारी महतो र उनका ६ वर्षका छोरा आशिषकुमार साह तथा भारतका अजय ठाकुर रहेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  धादिङ सील: नाकामा सुरक्षाकर्मी परिचालन

दुर्घटनामा घाइते भएका ६ जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्