एन सि सि कतारको महिला उपाध्यक्ष र संयोजक निर्बिरोध चयन, अध्यक्षमा २ जनाकाे प्रतिस्पर्धा

दोहाः  एन आर एन ए एन सिसि कतारको आसन्न आठौं अधिवेशनको महिला उपाध्यक्षमा सरिता भण्डारी पौडेल र महिला संयोजक अम्बिका खत्री चयन भएका छन् ।

कार्य समिति चयन समितिले शनिबार राति प्रकाशन गरेको नामावली अनुसार महिला उपाध्यक्षका उम्मेदवार सरिता गुरुङ र महिला संयोजकका उम्मेदवार नानू घले ब्लोनले उम्मेदवारी फिर्ता लिए पछि भण्डारी निर्बिरोध चयन भएकी हुन् ।

लेखा समिती सदस्यमा कबिन्द्र कडेँल र पुरुषोत्तम लामिछाने निर्बिरोध चयन भएका छन् । २ जना आवश्यक रहेको समितीमा ३ जनाको मनोनयन दर्ता भए पनि दिपक भुजेलले आफ्नो उम्मेदवारी फिर्ता लिए पछि कँडेल र लामिछाने चयन भएका हुन् ।

यस्तै एन आर एन एनसिसि कतारको अध्यक्षमा मुक्तदा मुसलमान र तेज कटुवालबीच मात्रै प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षका अर्का उम्मेदवार रामचन्द्र माझीले मुक्तदा मुसलमानलाई समर्थन गर्दै आफनो उम्मेदवारी फिर्ता लिएका छन् ।

कार्यसमिति चयन समितिले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावली निम्नअनुसार रहेको छ ।

 

कमेन्ट गर्नुहोस्