चक्कु प्रहार गरी श्रीमानको हत्या गर्ने श्रीमति पक्राउ

काठमाडौं । चक्कु प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा गोकर्णेश्वर नगपालिका ६ पुरानो शान्त भवन बस्ने मकवानपुर गढी गाउँपालिका-८ घर भएकी २५ वर्षीया शिला घलेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

शिलाले २४ वर्षीय श्रीमान जालमान स्याङ्तानलाई सामान्य विवादको कारण तरकारी काट्ने चक्कुले छाती र ढाडमा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले शिलालाई पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्