लोकसेवा आयोगविरुद्ध सिंहदरबारमा धर्ना, प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौंः लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन असमावेशी भएको भन्दै आन्दोलनरत पक्षले आज पनि विरोध प्रदर्शन गरेका छन्।

काठमाडौं भद्रकालीमा आइतबार प्रदर्शन गरिरहेका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोगसमेत गरेको छ । त्यसरी निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडपको अवस्था सिर्जना भएको छ।

प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। केही महिना पहिले जारी लोकसेवाको विज्ञापन संविधान विपरीत भएको तथा समावेशी र समानुपातिक नभएको भन्दै आदिवासी जनजाती धर्ना लगायतका विरोध प्रदर्शनमा उत्रिएका छन्। यता लोकसेवाले भने परीक्षा लिइरहेको छ।

कमेन्ट गर्नुहोस्