भोलि सार्वजनिक विदा

काठमाडौंः  प्रदेश २ ले भोलि (सोमबार) सार्वजनिक विदा दिएको छ। मुस्लिम धर्मालम्बीहरूको चाड इद ऊल अजाहको अवसरमा प्रदेशमा विदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

मुख्यमन्त्री लालबाबु राउतले इदको अवसरमा सम्पूर्ण मुस्लिम धर्मालम्बीहरूलाई शुभकामनासमेत व्यक्त गरेका छन्।

प्रदेश सरकारले दिएको विदा प्रदेश तथा स्थानीय सरकारका कार्यालयमा लागू हुन्छ। केन्द्रमातहतका कार्यालयमा विदा दिन गृह मन्त्रालयले सूचना जारी गर्नुपर्छ।

कमेन्ट गर्नुहोस्