शेयरबजारः नेप्से परिसूचक ७.२२ अंकले घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से कारोबार भएको तीन घण्टाको अवधिमा ७ दशमलव २२ अंकले घटेर १ हजार २३१ दशमलव ३४ विन्दुमा पुगेको छ।

१ हजार २३८ दशमलव ३९ विन्दुबाट शुरु भएको परिसूचक सो विन्दुभन्दा माथि जान सकेको छैन । तीन घण्टाको अवधिमा रू.१९ करोड ५१ लाख बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका १२ समूहमध्ये ५ ओटा समूहको परिसूचक बढेको छ भने बाँकी ७ समूहको परिसूचक घटेको छ ।

रसुवागढी हाइड्रोपावरको सार्वधिक रू. ३ करोड ७३ लाख र साञ्जेन जलविद्युतको रू. १ करोड ९० लाख बराबरको शेयर कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्