भारत र वेस्ट इन्डिज भिड्दै, प्लेइङ ११ मा को–कोले पाउलान् मौका?

काठमाडौंः  भारत र वेस्ट इन्डिजबीचको एकदिवसीय सिरिजको दोस्रो खेल आज हुँदैछ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजेदेखि सुरु हुँदैछ ।

पहिलो खेल वर्षाका कारण रद्द भएकाले आज भारत–वेस्ट इन्डिजबीचकोे खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस्
आज विराट र गेलले पूरा गर्न सक्लान् यो कीर्तिमान?

बाँकी रहेका दुवै खेलमा जीत हासिल गरेर सिरिज जित्ने लक्ष्यमा रहेका भारत र वेस्ट इन्डिज विश्वकप २०१९ पनि पहिलो पटक वान डे श्रृंखला खेल्न लागेका हुन् । तीन खेलको टि–२० सिरिज ०–३ ले जीतेको भारत वान डे सिरिज पनि क्लिन स्विप गर्न चाहन्छ ।

भारतको सम्भावित प्लेइङ–११ः रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), श्रेयस अय्यर, ऋषभ पन्त, केदार जाधव, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, खलील अहमद, मोहम्मद शामी र कुलदीप यादव ।

वेस्ट इन्डिजको सम्भावित प्लेइङ–११ः इभन लुईस, क्रिस गेल, शाई होप, निकोलस पूरन, शिमरन हिटमायर, रोस्टन चेज, जसन होल्डर (कप्तान), कार्लोस ब्रार्थवेट, फबियन एलेन, शेल्डन कट्रेल, र केमार रोच।

कमेन्ट गर्नुहोस्