खै कसरी सक्छ यार, जिन्दगीले जिन्दगीलाई छोड्न !

तिमी जाँदै छौ
पैतालामा मेरो जिन्दगी कुल्चिएर
म तिनै डोबहरुमा
हराउदैछु लुक्दैछु
ती तमान यात्राहरुबाट छुट्टि लिदै
उकुसमुकुस
रङ्गिन सपनालाई अलविदा गर्दै
त्यो उदासिलो यथार्थमा फर्कि‌दैछु
जहाँ तिमी नफर्किने गरि
डोबमा मलाई छोडि जाँदैछौ
खै कसरी सक्छ यार
जिन्दगीले जिन्दगीलाई छोड्न !
                     सुदिप चौलागाईं
अब भो म सक्दिनँ
तिम्रो अन्तिम संवाद
मुटु थररररर काँप्यो
दम बढेजस्तो
आकाश झरेजस्तो
अनि शरीर ढलेजस्तो
तिम्रो खुसि भन्नू
अलवा केही थिएन्
ओठले जाउ भने
मनले आउ
मैले गरेको प्रेममा
सुनामि आयो
म एकाएक
मन-बिहिन भए
म बाँचुला जसाे तसो
आसुको हिसाब कहाँ हुन्छर
नयाँ जिवनको शुभकामना तिमिलाई !
आजभोलि बिउझनु
आदत भएको छ
तिम्रो सपनामा कतै
म पात्र हुन्छु कि
भन्दै ननिदाउनु
चाहात भएको छ
तिमिसँग यात्रि बनेर
सपनामै रातभरि परिक्रमा गर्नुछ
माग्नु छ बाँकि हिसाब किताब
प्रेमको तराजुमा भावना जोख्नुछ
बाध्यताको ढकभन्दा भावना गरुँगो भए
भावना बराबरको जिउँदै बाचेपनि
मरे सरहको अर्को ढक थप्दिनुछ !
आज फोनलाई
बाडुल्कि लाग्यो
उसले सम्झिछे क्यारे
मलाई किन पो सम्झिन्थि र
चुठि सकेको थालमा
फेरि को पो आउला भाग बस्न
म खिस्स हास्न खोजे
सुनामि आई लगिदियो मुस्कान
हावा भन्थि हर समय
म हावा बिना कोहि बाचेर देखाउन
म हावा बनी उसलाई
बचाईराख्नु पो सायद कमजोरी भएछ !
जीवन कोमामा भईरहदा
प्रेमले आईसियु रोजेको हो
भावना बिरामी परेर
बिछोडको बियोगले शरीर
आलस्य भई ढलेको हो
ओखति प्रेम थियो
धनी मन थियो
साचै भनौ गरिब साथ नपचेको हो
नपाएर गुमाउनु भन्दापनि
पाएर नै गुमाएको छु
म गन्तव्यमा पुगिसके
सुरुवाति र अन्त्य घाट न हो
अब यात्रा तिम्रो सफल रहोस् !
प्रेममा हुनसक्छौ
तर गर्न सक्दैनौ
गर्नु दबाब हो
दबाबमा स्वार्थ छ
प्रेम निस्वार्थ छ
उनी बारबार भन्थिन
मलाई मात्रै प्रेम गर्नु
अरे यार शत्रुको अगाडि
पनि सास म फेरेकै हुन्छु
प्रेम र स्वास एकै हुन्
स्वास बन्द गरे मृत्यु
अनि प्रेम एकैलाई गरे दबाब
दबाबमा स्वार्थ अनि प्रेम निस्वार्थ !
प्रेममा घात भए
मन जल्छ रे
मन जल्ने भए
खरानिको के हुन्छ
मत भन्छु प्रेममा घात भए
त्यो प्रेमनै हुदैन
प्रेम शब्द हो
जसको अर्थै नै हुदैन्
प्रेममा बिछोड भए
असहन हुन्छ रे
मिलन बिछोड हुन्छ भने
त्यो प्रेमनै हुदैन्
प्रेममा बस दुई आत्मा हुन्छ
अनि बाकि सब पर्मात्मा हुन्छ !
मैले प्रेम गर्न जानिन
तिमी खेलाडि थियौ
म त बस प्रेम सिक्दै थिए
तर तिमिबाट सायद
प्रेमले नै केही सिक्दै थियो
गर्नु अनि छोड्नु तिमिलाई
अह बिल्कुल नौलो थिएन
तर गर्न खोज्नु पनि
बिल्कुल मलाई नौलो थियो
अघाएर या नपाएर बाटो लाग्यौ
तिमिले कोनि प्रेममा के खोज्यौ
मैले तिमि बाहेक केहि खोजिन्!
तिम्रो सिउदोमा अरु कसैले
गाडि कुदाउँछ भने
म पैदल यात्रि हुँ
जाउ उहिसँग
उसँग केही छ
मसँग केही नै छैन्
मसँग बस प्रेम छ
उसँग त सबथोक छ
पैसा ख्वाएर डलर झिकाउला
मसग आयौ भने त हेर
गरिबी खाएर बाध्यता झिक्नुपर्छ
तिमी आफ्नो भविष्य सोच
मैले त आफैलाई गुमाएको छु
शुन्यले शुन्यतानै हो पाउने प्रिय !
उनलाई पाउने
भुत सवार थियो
कस्तो थिए कस्तो भई आए
हरदिन उनलाई सम्झनु
बाहेक मलाई चाडपर्व आएन
म अहिले पनि बाचेको छु
साचै भनौ बाचेजस्तो मात्रै गरेकोछु
तिमिले छोड्नु या मैले छोड्नुले
बिल्कुल पिरोलिएको हैन
म त त्यो बिश्वासलाई घृणा
गर्छु जुन तिम्रो लागि जन्मियो
अनि नहुर्किदै आत्महत्या !
प्रेम पाउने चाहातले
लाएको यो बिश्वासिलो नकाव
तिम्रो अविस्वासको तिरसगै
मैले उतारेको छु
अब तिम्रो नजरमा नत म
राम हुनुछ नत रावण नै
प्रेम गर्छु पनि भनिनौ र गर्दिन पनि
मसग त यस्तो दोधार थिएन
मैले प्रेमनै तिमिलाई माने
तर प्रेम प्रेमनै नहुने रैछ
म बहुला निस्किएँ, तिमी शातिर खेलाडी !
बोल्न खोजिनन् उनी
गल्ति एक तर कारण अनेक
बनाउदै बिस्तारै तर्किदैथिईन
मैले वास्ता गर्न छोड्नै सकिन
उनी बाहेक मैले अरुको वास्तै
नगरेर पनि हुन सक्ला
हिजो पाईलै पिच्छे साथ दिन्छु
भन्नेले आज पाईलाको डाम आफु
हिड्ने सडकमा नदेखियोस् झै
गर्दै हिडिरहदा मैले मेरो पैतालालाई
जुत्ताले ढाकेको हु !
उनी म बाहेक
सबैसग बोल्ने
म उनी बाहेक
कोहिसग बोल्नै नखोज्ने
यस्तै दोधारे प्रेम थियो
जुन थियो रपनि थिएन
कहिलेकाही त यस्तो लाख्थ्यो कि
चाहा पनि आफ्नो हैसियत
बराबरको होस् तर थिएन्
उनी मेरो बिपनाको सपना थिईन्
तर उनको म बाहेकको सपना
बडा सान्दार थियो
काँडा कहिले फुल नबन्ने रैछ !
फरक यति नै थियो
उनिलाई प्रेममा बिश्वासै
 थिएन् अनि मलाई
उनमा बाहेक अरुमा
प्रेम नै थिएन
उनको आग`मन´मा
मैले मेरो मन भेट्थे
मैले `म´ भेट्थे
उनिले प्रेमलाई हराएसगै
मैले बिश्वासलाई जिन्दगीको
त्यो यात्रामा कतै छोडिदिए
अहिले म आफैसँग डेटिङमा छु
तिमी अवसर खोज्दै नआउनु !
यति चाहे उसले कति नि चाहिन
अन्जुलिमा भावना बटुलेर
साचै भनौ प्रेम नबन्दो रैछ
मैले साथ चाहे उ तर्किन चाहिँ
उसले बिर्सि उ छाया थिई मेरो
जतिनै टाढिए पनि साथैमा
उसको खुसिमा रम्नु बाहेक अब अह बिकल्प छैन
प्रेमले प्रेमलाई बिर्सेको दिन
मैले मलाई बिर्सिए ,म शून्य
छु शुन्यता नै लक्ष्य !
मैले कहिले प्रेम प्रस्ताव राखिन
पाउने आश पनि त गरिन
जस्लाई चाहे उस्ले अर्कै चाहेपछि
मैले उनको चाहालाई शुभकामना
दिदै आफ्नो चाहाको अन्तेस्टि गरे
म साचै अचम्म को छु पाउदिन
भन्ने जान्दाजान्दै पनि आश गर्छु
आशले आशको घाँटी ननिचोरुन्जेल
सम्म म आसै आशमा आश गर्छु
प्रेम गर्थे म
सोचले सोचेको हुँ सोचलाई सोचेरै मेटाईदिउला !
तिमिले अह खोजेनौ मलाई
म बिलाउन नै लागेथे शुन्यतामा
तिम्रो खोजको पर्वाहा छैन्
म कसिङ्गरलाई महल कुन झुपडी कुन
तिम्रो लागि भन्दै लेखेका
केही प्रेमिल बातहरु अब ईरेज गर्दिन्छु
डिलिट गर्दिन्छु तिम्रो तस्बिर
जुन कुदिएको थियो मनमा
मैले आफैलाई गुमाउदैछु तिमी आफ्नो
अस्तित्व खोज्दै अब नआउनु।
एउटा हातमा valentine बोकि
अर्को हातमा संभोग उमार्दै
ती प्रेमिल हातहरु एकबार
बारम्बार बलात्कार भैरहेछन्
मलाई प्रेम यो हप्तामा किन्नु छैन्
प्रेमको भाउ तोक्न कसैले पाउदैन
जसरि डोबमा भएका ती तमाम सम्झनाहरु
बिछोडको बियोगले ढाक्नै सक्दैन्
मैले कसैलाई प्रेम गरिन
र, त प्रेमले जित्ने हिम्मत राखेन !
मेरो प्रेम
लोकसेवामा सोधिने
प्रश्न जसमा उत्तरका निम्ति
तीन अप्सनहरु छैनन् बुछिदेउ
केही यस्ता पनि प्रश्नहरु हुन्छन्
जुन प्रश्नको उत्तर फेरि प्रश्नै हुन्छ
उनी भन्दैथिई हजुरको लागि म को हु
जिन्दगीले जिन्दगीको प्रश्न सोद्दैथियो
जहाँ प्रश्न अनि उत्तर दोधार हुनै सकेन !
हातमा मृत्यु बोकि
मृत्युबाट बच्न
मृत्यु निलि यसैलाई फ्याली
जिउदै मरेको शरीरलाई
एकबार बारम्बार मारि
मरेको सास बोकि
बाचिरहेछन् ती
मरिसकेका आत्माहरु
सडकमा यत्रतत्र देख्दछु
त्यस्ताहरु जो
बाच्नलाई मरिरहेछन्
अनि मर्नलाई बाचिरहेछन् !
मेरो जिन्दगीले जितेकोछ
म जहिले जिति रहेछु
मैले हार चाख्नै परेन
मैले जीवन बुझेको छैन
र त कहिले हारेकै छैन्
जीवन शब्दै कोमामा छ
रत मर्नकालागि बाचेकाहरु
त्यो लक्ष्यमा लिप्त छन्
जुन छ रपनि छैन्
म भन्छु जीवन शून्य हो
यहाँ हारे पनि जिते पनि
पाउने शुन्यतानै हो
आउने जाने घाटकै निम्तो हो !
तिमी जिन्दगी के हो भन्छौ
मलाई भनिदेउ तिमी के हौ
तिमी तिमिनै हैनौ
जन्मनसाथ तिमिले आफ्नो
अौपचारिक
परिचय गुमाएको हौ
अनअौपचारिक परिचयको
नकाव लाएर घुमिरहेछौ
अहिले तिम्रो परिचय छ रपनि छैन
तिमी तिमी हौ तर पनि तिमी हैनौ
जिन्दगी पनि यहि हो
छ रपनि छैन्
जे छैन त्यहि हो
जे छ त्यो हैन् !
संसारलाई मंदिर मानि
खुसिलाई प्राथना ठानि
अब म त्यो भक्त निस्किन्छु
जो भगावनमा हैन रक्सिमा
आस्ता राखोस्
पापिलाई मंदिर अनि धर्म चाहिन्छ
मन जल्नेहरुलाई भट्टि भए पुग्छ
म कस्तै थिईन अहिले
कस्तो-कस्तो भएको छु
धन्यवाद तिमिलाई म `म´ भएकोछु
केही थिइन् तर
अहिले केहिनकेहि भएको छु !
प्रेममा
चाहात हुदैन
बाहाना हुदैन
जबर्जस्ती हुदैन
बाध्यता हुदैन
विवसता हुदैन
बस दुई आत्मा हुन्छ
एक उनी त एक म !
अनौपचारिक परिचय बोकेर
प्रेमलाई लिलाम गर्न नखोज
यहाँ अौपराचिक परिचय
सबैको शून्य हो
शुन्यले जति गरेनि शुन्यता पाउछ
प्रेम शब्द हो यसको अर्थ शून्य हो
शुन्यको अर्थ नखोज !

कमेन्ट गर्नुहोस्