रंगशालाका लागि उद्योग वाणिज्य संघ माडीद्वारा एक लाख सहयोग, मेयरले आधा महिनाको तलब दिने

भरतपुरः  चितवनको रामपुरमा बन्न लागेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उद्योग वाणिज्य संघ माडीले एक लाख ११ हजार १ सय ११ रुपैयाँ रकम सहयोग गर्ने घोषणा गरेको छ ।

आज माडीमा धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सहयोगार्थ माडी नगरपालिकाद्वारा आयोजित एक कार्यक्रमकाबीच उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्यले सो रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।

यसैबीच माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले रंगशाला निर्माणका लागि आधा महिनाको तलब प्रदान गर्ने घोषणा गरेका छन् । उनले आफ्ना जीवनसंगिनी गंगादेवी ढकालका तर्फबाट ५ हजार सहयोग स्वरुप उपलब्ध गराउने पनि जानकारी दिए ।

कार्यक्रममा सम्बोधन गर्दै धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बन्न लागेको क्रिकेट रंगशाला माडी सहित चितवनको गौरवको विषय भएको भन्दै खुसी व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्