विप्लव समूहका बर्दिया जिल्ला सेक्रेटरी पक्राउ

राजापुरः  प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका बर्दिया सेक्रेटरी गणेश अर्याललाई पक्राउ गरेको छ ।

अर्याललाई आज सदरमुकाम गुलरियाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

जिल्लामा घटेका विभिन्न घटनामा उनको संलग्नता रहेकाले अनुसन्धान अगाडि बढाइएको बाँस्तोलाले बताए ।

कमेन्ट गर्नुहोस्