प्रधानमन्त्री ओली सोमबार स्वदेश फिर्ता हुने

काठमाडौंः  प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर सोमबार स्वदेश फर्किने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले आइतबार आउने भनिए पनि सोमबार अपराह्न मात्रै प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम तय भएको जानकारी दिए । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यसतर्फ गएका थिए ।

याे पनि पढ्नुस  मणि थापाले भने, ‘सरकारको नेतृत्व ओलीले र पार्टीको एकल नेतृत्व प्रचण्डले गर्नुहुन्छ’

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको थियो । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन् ।

कमेन्ट गर्नुहोस्