मानविकीमा पनि अब ४ वर्षे स्नातक

काठमाडौंः  त्रिभुवन विश्वविद्यालयमा यही शैक्षिक सत्रदेखि मानविकी तथा सामाजिकशास्त्र संकायमा स्नातक तहको पठनपाठन ४ वर्षे हुने भएको छ । उक्त संकायअन्तर्गत विद्या परिषदको आइतबारको बैठकले चारवर्षे स्नातक तहको अध्ययन–अध्यापन सुरु गने निर्णय गरेको हो ।

बैठकले नयाँ पाठ्यक्रमसमेत स्वीकृत गरेको डिन कार्यालयले जनाएको छ । यसअघि व्यवस्थापन, शिक्षालगायतका संकायहरूको स्नातकमा ४ वर्षे कोर्स पढाइ हुँदै आएको छ ।

याे पनि पढ्नुस  एमए दोस्रो वर्षको नतिजा सार्वजनिक

मानविकी संकायलाई पनि सोहीअनुरूप ४ वर्षे बनाइएको डिन जीवलाल भुसालले जनाए । नयाँ पाठ्यक्रमअनुसार २० विषयको पढाइ हुनेछ भने तह पूरा गर्न विद्यार्थीले २०० सय पूर्णांकको परीक्षा दिनुपर्नेछ । त्यसका लागि अनिवार्यसहित ऐच्छिक विषय तोकिएको छ ।

त्रिविमातहतका क्याम्पसले यही वर्षदेखि ४ वर्षका लागि भर्ना सञ्चालन गर्ने र नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गराउने छन् । कान्तिपुरबाट

याे पनि पढ्नुस  त्रिविमा बेथितिः एक व्यक्तिका नाममा दुई पद

कमेन्ट गर्नुहोस्