क्रिस गेलले रचे इतिहास, तोडियो लाराको कीर्तिमान

काठमाडौंः  वेस्ट इन्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेलले नयाँ कीर्तिमान बनाएका छन् । उनले आज भारतविरुद्ध खेलेसँगै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० म्याच खेल्ने कीर्तिमान बनाएका हुन् ।

वेस्ट इन्डिज क्रिकेटबाट वान डेमा सबैभन्दा बढी खेल खेल्ने गेल अब पहिलो भएका छन् । यसअघि यो कीर्तिमान ब्रायन लाराको नाममा थियो ।

लाराले वेस्ट इन्डिजका लागि वान डे क्रिकेटमा २९९ अन्तर्राष्ट्रि म्याच खेलेका थिए । २९९ वान डे खेलमा लाराले वेस्ट इन्डिजका लागि १०४०५ रन बनाएका छन् ।

गेलले २९९ म्याचमा १०३९७ रन जोडेका छन् । लाराले वान डे क्रिकेटमा बनाएको सर्बाधिक रनको रेकर्ड पनि गेलले तोड्ने सम्भावना छ ।

कमेन्ट गर्नुहोस्