२ इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा, १८ महिना कैद र ४ महिना सजाय माग

काठमाडौंः  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक (इन्सपेक्टर) रमेश बहादुर पाण्डे र राजु स्वर्णकारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले दुवैजनाविरुद्ध १८ हजार रुपैयाँ बिगो तथा अधिकत्तम ४ महिनासम्मको कैद सजाय माग दाबी गरेको हो ।

अनुसन्धानको सिलसिलामा थुनामा रहेका अभियुक्तलाई थुनामुक्त गराइदिने भन्दै लिएको १८ हजार घुस रकमसहित अख्तियारले इन्सपेक्टरद्धय पाण्डे र स्वर्णकारलाई नियन्त्रणमा लिएको थियो ।

कमेन्ट गर्नुहोस्