Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आयुष केसीको ‘हजार जुनीसम्म’ बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौंः  भारतीय टेलिभिजन जी टीभीको रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा चौथो भएका आयुष केसीले नेपाली फिल्मको गीत गाएका छन् ।

उनले उदय सोताङ्गको ‘हजार जुनीसम्म’ बोलको हिट गीत गाएर फिल्मकाे पाश्र्र गायनमा डेब्यु गरेका हुन् । फिल्मका लागि यो गीत रि–एरेञ्ज गरिएको हो । गीतलाई उदय सोताङले तयार पारेका हुन् ।

धेरै बाल गायकको स्वर रिजेक्ट गरेका उदयले आयुषले भने आफुलाई खुसी बनाएको बताए । उनले फिल्ममा गीत आफ्नो र आयुष दुवैको स्वरमा रहने खुलाए । निर्माण पक्षले आइतबार गीत समेत सार्वजनिक गरेको छ । गीतमा पवन चाम्लिङ्ग ‘किरण’को शब्द र योगेन्द्र घातानीको संगीत छ ।

उदयको स्वर रहेको गीतमा फिल्म भित्र अभिनेता आर्यन सिग्देल देखिने छन्, भने आयुषको स्वरमा बालकलाकार अनुभव रेग्मीको अभिनय रहने निर्देशक बिकाश आचार्यले जानकारी दिए ।
गीतले आफ्नो फिल्मी करियरमा निकै महत्व राखेको आयुषले बताए । ‘मैले यो गीत गाउँन पाउनु नै एक किसिमको जीत हो’ आयुषले थपे ।

साउन ३० अर्थात आगामी शुक्रबारबाट प्रदर्शनमा आउने यो फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सञ्चिता लुइँटेल , अनुभव रेग्मी, सलोन बस्नेतलगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाले तयार पारेका हुन् । यसमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने विशाल चाम्लिङ निर्माताको रुपमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: