वान डे सिरिजः वेस्ट इन्डिजविरुद्ध विराटको कीर्तिमानी शतक

काठमाडौंः  भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले वेस्ट इन्डिज विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा शतक बनाएका छन् ।

उनले १० चौका र १ छक्काको मद्दतमा ११२ बलमा शतक बनाएका हुन् । वान डे क्रिकेटमा विराटको यो ४२औं शतक हो । यस्तै वेस्ट इन्डिजविरुद्ध भने उनको यो आठौं शतक हो ।

आज भारतले टस जितेर ब्याटिङ गरिरहेको छ । ताजा अवस्थामा भारतले ३८ ओभरमा ३ विकेट गुमाएर १९५ रन बनाएको छ । 

बाँकी रहेका दुवै खेलमा जीत हासिल गरेर सिरिज जित्ने लक्ष्यमा रहेका भारत र वेस्ट इन्डिज विश्वकप २०१९ पनि पहिलो पटक वान डे श्रृंखला खेल्न लागेका हुन् ।

तीन खेलको टि–२० सिरिज ०–३ ले जीतेको भारत वान डे सिरिज पनि ‘क्लिन स्विप’ गर्न चाहन्छ ।

भारतको सम्भावित प्लेइङ–११ः रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), श्रेयस अय्यर, ऋषभ पन्त, केदार जाधव, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, खलील अहमद, मोहम्मद शामी र कुलदीप यादव ।

वेस्ट इन्डिजको सम्भावित प्लेइङ–११ः इभन लुईस, क्रिस गेल, शाई होप, निकोलस पूरन, शिमरन हिटमायर, रोस्टन चेज, जसन होल्डर (कप्तान), कार्लोस ब्रार्थवेट, फबियन एलेन, शेल्डन कट्रेल, र केमार रोच।

कमेन्ट गर्नुहोस्