भारतीय विदेशमन्त्री एस जयशंकर बेईजिङमा, सहमत हाेला त चीन ?


बेईजिङ । जम्मु कश्मिरलाई विशेष प्रदेशबाट हटाउने निर्णयले अालाेचित भारतले विदेशमन्त्री एस जयशंकरलाई चीन पठाएकाे छ ।

जयशंकरले संविधानकाे अनुच्छेद ३७० खारेजीपछिकाे अवस्थाका बारेमा चीनलाई अाश्वस्त गर्ने काेशिस गर्नेछन् ।

चीनले भारतीय निर्णयकाे बिराेध गरेकाे छ ।

जयशंकरकाे अर्काे एजेण्डा भने यसै वर्ष ने राष्ट्रपति शी जिनपिंग काे भारत भ्रमणकाे तयारि रहने मिडियाहरुले जनाएका छन् ।

याे पनि पढ्नुस  एस. जयशंकरकाे पहिलाे विदेश भ्रमण नेपालबाट, राष्ट्रपतिकाे भ्रमणकाे तयारीबारे छलफल हुने

जयशंकरकाे भ्रमणकाे ठीक अघि पाकिस्तानका विदेशमन्त्रीले चीीी भ्नरमण गरेका थिए ।

मोदी सरकारकाे दाेश्राे कार्यकालकाे शुरुआतपछि जयशंकर चीनकाे भ्रमण गर्ने   पहलाे भारतीय मंत्री हुन ।

राजनयिकबाट विदेश मंत्री बनेका जयशंकर 2009 देखि 2013 सम्म चीन मा भारत का राजदूत रहे थिए ।

तीन दिवशीय भ्रमणमा चीनी नेतृत्वसँग साथ उनकाे वार्ताकाे शुरुआत सोमवार हुनेछ ।  आधिकारिक तवरमा कुन नेतासँग उनकाे भेट हुने कुरा भने घोषणा भने भएकाे छैन ।

याे पनि पढ्नुस  भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा

तर उनले  चीनी स्टेट काउंसलर र विदेश मंत्री वांग यीसँग समेत द्विपक्षीय वार्ता गर्ने जागरण दैनिकले उल्लेख गरेको छ ।

त्यसपछि दुबै मन्त्रीले  सांस्कृतिक र जनताकाे पारस्परिक संपर्कसम्बन्धि  उच्च स्तरीय बैठक काे सह अध्यक्षता गर्ने कार्यक्रम छ ।

यसकाे पहिलाे बैठक गत वर्ष दिल्लीमा भएको थियो  ।

याे पनि पढ्नुस  नेपाल–भारत संयुक्त आयोग बैठक सुरु, यस्ता छन् छलफलका विषय

जयशंकरकाे यात्रामा  चार सहमति पत्र (एमओयू) मा हस्ताक्षर हुने अनुमान छ।

यसैगरि  राष्ट्रपति काे यसै वर्ष हुने भारत भ्रमणको तयारिका बारेमा उनले  चिनी विदेशमन्त्रीसँग छलफल गर्नेछन् ।

चीनबाट फर्केपछि भदाैकाे पहिलो साता जयशंकरले नेपाल भ्रमण गर्ने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्