वानडे सिरिजः विराटकाे शतकमा वेस्ट इन्डिजविरुद्ध भारत विजयी

काठमाडौंः  वेस्ट इन्डिज विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा भारत ५५ रनले विजयी भएको छ । आइतबार राति भएको खेलमा भारतले दिएको २८० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ४२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २१० रन मात्र बनाउन सक्यो ।

उसका लागि इभन लुइसले ६५, निकोलश पूरनले ४२, शिमरोन हिटमायर, रोस्टन जेसले १८–१८, सेल्डन कट्रेलले १७, कप्तान जसन होल्डरले नटआउट १३ र क्रिस गेलले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

याे पनि पढ्नुस  क्रिकेटमा गतिला गणितमा अगतिला विराट कोहली

बलिङमा भारतका भुवनेश्वर कुमारले ४, मोहम्मद शामीले २, कुलदीप यादवले २–२, खलिल अहमद र रविन्द्र जडेजाले एकएक विकेट लिए । यअसघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा  ७ विकेट गुमाएर २७९ रन बनायो । उसका लागि कप्तान विराट कोहलीले १ छक्का र १४ चौकाको मद्दतमा १२५ बलमा १२० रन बनाए ।

याे पनि पढ्नुस  चम्किँए १४० किलाेका यी क्रिकेटर, डेब्यू खेलमै लिए भारतको महत्वपूर्ण विकेट

यस्तै श्रेयस अय्यरले ७१, रोहित शर्माले १८, ऋषभ पन्तले २०, केदार जाधव, रविन्द्र जडेजाले १६–१६ रन बनाए । बलिङमा वेस्ट इन्डिजका कार्लोस ब्रार्थवेटले ३, रोस्टन जेस, जसन होल्डर र सेल्डन कोट्रेलले एकएक विकेट लिए । तीन खेलको सिरिजमा भारतले १–० ले अग्रता लिएको छ ।

याे पनि पढ्नुस  विराटलाई पछि पार्दै स्मिथले हासिल गरे अर्को उपलब्धि

कमेन्ट गर्नुहोस्