अध्यक्ष प्रचण्डद्वारा बकर इदको शुभकामना

काठमाडौंः  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले इस्लाम धर्माबलम्बीको महान् चाड इद–उल–अजहा (बकर ईद) को शुभकामना दिएका छन् ।

उनले एक शुभकामना सन्देश जारी गर्दै भनेका छन्, ‘बकर ईदको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल बहुभाषिक, बहुसांस्कृतिक र विभिन्न धार्मिक समुदायहरुको साझा भूमि हो । देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपाली जनताको पहिचान र विशेषता हो ।’

याे पनि पढ्नुस  विप्लव समूहका जिल्ला इन्चार्ज नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले नेपाली जनताको राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूत गर्ने वर्तमान संविधानले सबै धर्महरुको उत्तिकै सम्मान गरेको बताएका छन् ।

उनले पुराना सोच, संरचना, मूल्य र मान्यतालाई विस्थापित गरेर नयाँ सोच, मूल्य, मान्यता र संस्कृति अघि बढाउने चुनौती रहेकोसमेत बताएका छन् । समाजवादको आधार तयार गर्ने दिशा अनुरुप आफूलाई परिस्कृत गर्न आव्हान गर्दै अध्यक्ष प्रचण्डले बकर इदका अवसरमा सबै नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन् ।

याे पनि पढ्नुस  किन हुँदैछ प्रचण्डमाथि आक्रमण? भित्री कारण यस्तो छ

कमेन्ट गर्नुहोस्