टिस्यु कल्चर ल्याबमा कर्मचारी र उपकरण नहुँदा समस्या

धनकुटा । धनकुटाको पारिपात्लेमा रहेको सुन्तलाजात अनुसन्धान केन्द्रमा अमिलाजात फलफूलका स्वस्थ बिरुवा उत्पादनका लागि स्थापना गरिएको टिस्यु कल्चर ल्याबमा आवश्यक पूर्वाधार र प्राविधिक कर्मचारी नहुँदा समस्या भएको छ।

केन्द्रले जुनार, सुन्तला, कागती, ज्यामिर, भोगटे, निबुवाजस्ता अमिलाजातका फलफूल खेती हुने मध्यपहाडका ४२ जिल्लाका लागि स्वस्थ बिरुवा उत्पादन र प्रविधिको विकास गर्नुपर्ने जिम्मेवारी बोकेको छ । बीउ र समान्य कलमी नर्सरीबाट विस्तार गरिएको बगैंचामा ढुसीजन्य सिट्रस ग्रिनिङ रोगको प्रकोप बढेर खस्किएको अमिलाजात फलफूलको उत्पादन र गुणस्तरमा सुधार ल्याउने लक्ष्यसहित स्वस्थ र नयाँ बिरुवा उत्पादनका लागि २०५५ सालमै यो ल्याब स्थापना गरिएको थियो ।

याे पनि पढ्नुस  नेता शर्मा भन्छन्, ‘सिद्धान्तअनुसार नेता–कार्यकर्ताको चरित्र निर्माण नभए नेकपा पतन हुन्छ’

दशकौंदेखि बन्द रहेको ल्याब गत वर्षबाट सञ्चालनमा आए पनि आवश्यक प्राविधिक कर्मचारी, उपकरण र पूर्वाधार छैन । ल्याब पूर्णक्षमतामा सञ्चालन गर्न कम्तीमा दुईजना वनस्पति विज्ञ, प्राविधिक र सहयोगी गरी सातजनाको टिम आवश्यक छ । तर जनशतिm नभएको राष्ट्रिय सुन्तलाजात अनुन्धान कार्यक्रम पारिपात्लेका प्रमुख डा. हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘स्वस्थ हिबरुवा उत्पादन गर्नका लागि ठूलो इन्कुभेटर उपकरण, प्रयोगशाला र फराकिलो वातानुकुलित ल्याब चाहिन्छ तर प्राविधिक जनशक्ति ब्यवस्थापन र ल्याब स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्नेतर्फ मन्त्रालय र कृषि अनुसन्धान परिषद्को ध्यान गएको छैन ।

याे पनि पढ्नुस  नेता शर्मा भन्छन्, ‘सिद्धान्तअनुसार नेता–कार्यकर्ताको चरित्र निर्माण नभए नेकपा पतन हुन्छ’

यसले गर्दा उत्पति, गुणस्तर र स्वस्थता प्रमाणित नगरिएका निजी नर्सरीबाट सञ्चालकले भनेकै भरमा बिरुवा खरिद गर्न किसानहरू बाध्य भएको तेह्रथुम आठराईका कृषक राजमणि थपलिया बताउँछन् । त्यसैले करोडौं रुपैयाँ लगानीमा स्थापना गरिएको टिस्यु कल्चर ल्याब पूर्णरूपमा सञ्चालनमा ल्याई किसानलाई स्वस्थ बिरुवा उपलब्ध गराउनेतर्फ मन्त्रालय र कृषि अनुसन्धान परिषद्ले ध्यान दिए किसानलाई ठूलो फाइदा पुग्ने थपलिया बताउँछन् ।

त्यसैले स्वस्थ बिरुवा उत्पादन र यसको प्रविधि किसानसम्म पुर्याउन नसक्दा ढुसीजन्य रोगका कारण पछिल्ला वर्षमा नेपालको मध्यपहाडी क्षेत्रमा लगाइएको सुन्तला, जुनार, कागती र भोगटेजस्ता अमिला जातका फलफूलको उत्पादन र गुणस्तरमा कमी आउँदै गएको छ । सुन्तला जातका फलफूल सुन्तला, कागती, जुनार, ज्यामिर, भोगटे र सबै अमिला फलफूल उत्पादनका दृष्टिले नेपालका ४२ जिल्लालाई दक्षिण एसियाकै अनुकूल वातावरण भएको स्थानका रूपमा लिइन्छ ।

याे पनि पढ्नुस  नेता शर्मा भन्छन्, ‘सिद्धान्तअनुसार नेता–कार्यकर्ताको चरित्र निर्माण नभए नेकपा पतन हुन्छ’

नेपालको पुरानो र अवैज्ञानिक नर्सरी पद्दतिका साथै फितलो प्लान्ट क्वारेन्टाइनको गलत फाइदा उठाउँदै नेपाल भित्र्याइएका बिरुवासँगै आउने रोग किराले उत्पादकत्वमा कमी आएको बेला यस्ता ल्याब सञ्चालनमा ल्याएर नयाँ बिरुवा उत्पादनमा जोड दिनुपर्ने प्रमुख डा. हरिकृष्ण श्रेष्ठ बताउँछन् ।

कमेन्ट गर्नुहोस्