जथाभावी पार्किङमा राखिएका ३९ हजार सवारीसाधन कारवाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले अनाधिकृतरुपमा फुटपाथ तथा सडकमा पार्किङ गर्ने ३८ हजार ८८६ सवारीसाधनलाई कारबाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आव २०७५–०७६ मा जथाभावी रुपमा फुटपाथमा पार्किङ गर्ने उक्त सवारीसाधनलाई कारवाही गरेको हो ।

महाशाखाले आव २०७४–०७५ मा ३३ हजार ७०३ सवारीसाधनलाई कारवाही गरेको थियो । महाशाखाले उपत्यकाको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, न्यूरोड, बानेश्वर, कोटेश्वर, सातदोबाटो, कलङ्की लगायतका फुटपाथ क्षेत्रमा अवैधरुपमा पार्किङ गर्ने सवारीसाधनलाई कारवाही गरेको हो ।

याे पनि पढ्नुस  दसैंका लागि अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले ‘नो पार्किङ’ र फुटपाथमा पार्किङ गरेको सवारीसाधनलाई कारबाही गरिएको जानकारी दिए । महाशाखाले नो पार्किङ क्षेत्रमा पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नगर प्रहरीको सहायतामा बग्गीखानामा ल्याएर कारबाही गर्ने तथा ठूला सवारीसाधनलाई ‘ह्विल लक’ लगाउने गरेको छ ।

याे पनि पढ्नुस  ट्राफिक प्रहरीको व्यवहारले लियो ज्यान, हर्ट अट्याक भएर युवकको मृत्यु

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर झण्डै ३५ लाख तथा काठमाडौँ उपत्यकामा मात्र १० लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् । रासस

कमेन्ट गर्नुहोस्