Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं महानगरपालिका भित्रै बलात्कार, कुचिकार पक्राउ

काठमाडौंः  ११ वर्षीया बालिकालाई काठमाडौं महानगरपालिकाकै मुख्य कार्यालयमा लगेर बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकामा कार्यरत कुचीकार प्रमुख बाबुराजा पुजारी पक्राउ परेका छन् ।

पीडित बच्चीले आफ्नी आमालाई पुजाराले गर्ने गरेको कुकृत्यका बारे भनेपछि परिवारले प्रहरीमा उजुरी गरेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीका अनुसार आइतबार उजुरी परेसँगै प्रहरीले पुजारीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।

काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारीलाई पक्राउ गरेर अदालतबाट सात दिनको म्याद थप गरिसकेको रबालिकाकोस्वास्थ्य परीक्षण पनि गराइएको डिएसपी बोगटीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: