प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.८९.प ४५१८ नम्बरका मोटरसाइकल चालक कलंकी बस्ने सिन्धुली घर भएका २२ वर्षीय सबिन खड्कालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका(११ थापाथलीमा खड्काको मोटरसाइकल प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको सवारी दर्ता किताब नभएकाले कारबाहीबाट बच्न नगद १ हजार १ सय रुपैयाँ दिएर उनले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।

कमेन्ट गर्नुहोस्