Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेका २९ जना पक्राउ

काठमाडौं । कास्की, पोखरा महानगरपालिका-३२ झ्यौरीचोकस्थित रामराज पौडेलको गोठमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने २७ वर्षीय विकाश थापा लगायत ११ जनालाई नगद ३२ हजार ८ सय ६५ रुपैयाँ र ३ बुक ताससहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी जनताको चौतारा र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी कास्की, पोखरा महानगरपालिका १६ स्थित दुर्गा घलेको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ५० वर्षीय गंगाप्रसाद गुरुङसहित ८ जनालाई नगद २६ हजार १ सय ८५ रुपैयाँ र ३ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

साथै कास्की, पोखरा महानगरपालिका १० रामघाटस्थित ४३ वर्षीया उर्मिला लामिछानेको पर्वत होटलभित्र जुवातास खेलिरहेका लामिछाने लगायत ६ जनालाई नगद ३६ हजार ३ सय ३० रुपैयाँ र ३ बुक तास सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका ९ राधेराधेस्थित ४५ वर्षीय हरिबहादुर रानाभाटको शुभकामना होटलमा तास खेलिरहेका सूर्यविनायक बस्ने रामेछाप घर भएका ५५ वर्षीय ज्ञानबहादुर लामा लगायत ४ जनालाई नगद ३० हजार ६ सय ४० रुपैयाँ र ६ बुक तास सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: