Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा पक्राउ

धनुषा । एमबीएस परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका ४ बाट सोही ठाउँ बस्ने ३० वर्षीय लिलाराज शिवभक्ति लगायत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राम सागर रामस्वरुप बहुमुखी क्याम्पसमा एमबिएस प्रथम बर्षको तथ्याङ्कशाष्त्र बिषयको परीक्षा सुरु भएपछि परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी सोही ठाउँस्थित सुजित कुमार मण्डलको फोटोकपी सेन्टरमा गई फोटोकपी गराउँदै गरेको छ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: