Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पाकिस्तानमा गीत गाएपछि मिका सिंहमाथि लाग्यो यस्तो आरोप

काठमाडौँ । भारतले कश्मीरमा चालेको कदमपछि चर्किएको भारत-पाकिस्तानबीचको तनावको मार कलाकारहरूले पनि भोग्नु परिरहेको छ।

हालै गायक मिका सिंहले पाकिस्तानका एक जना धनाढ्यको छोराको बिहेमा गीत गएको भन्दै उनका भारतीय समर्थकहरूले आलोचना गरिराखेका छन् ।

उनीमाथि केहीले गद्दार भएको आरोप लगाएका छन् भने केहीले उनको पासपोर्ट खारेज हुनुपर्ने बताएका छन् ।

उता पाकिस्तानका सामाजिक संजाल प्रयोगकर्ताहरूले पनि एउटा भारतीय कलाकारलाई ठुलो रकम दिएर भित्र्याउनु बेठिक भएको बताएका छन् ।

मिकासिंहले पूर्व पाकिस्तानी राष्ट्रपति परवेज मुसर्रफका नातेदार अदनान असदकी छोरीको बिहेपहिलेको मेहन्दी कार्यक्रममा गीत गएका थिए। उनको त्यस कार्यक्रमको भिडियो सामाजिक संजालमा सार्वजनिक भएपछि उनलाई भारतीय समर्थकहरूको आलोचना खप्नु परिराखेको छ।

मिकालाई उक्त कार्यक्रममा गाए बापत एक लाख ५० हजार अमेरिकी डलर अर्थात लगभग एक करोड ७० लाख रुपैयाँ प्राप्त भएको बताइएको छ ।

मिकाको यस कार्यक्रमको सामाजिक संजालमा ठुलो बहस सिर्जना भएको छ. एक जना प्रयोगकर्ताले एकातिर पाकिस्तान भारतसँग सबै प्रकारका सम्बन्ध समाप्त भएको भन्छ अर्कोतिर मिका पैसाको लागि त्यहाँ गीत गाएर आउँछन्, लाज लाग्नुपर्छ ।

एक जनाले त झन् मिका सिंह गद्दार भएकाले उनको पासपोर्ट नै रद्द गरिनु पर्ने सम्मको कुरा गरेका छन् ।

उता पाकिस्तानका सामाजिक संजाल प्रयोगकर्ताहरूले पनि यसमा कडा प्रतिक्रिया जनाएका छन्। एक जनाले लेखेका छन्, “भारतले पाकिस्तानका गायक र  कलाकारहरूलाई गलहत्याएर निकालेको थियो, यता पाकिस्तानको एउटा धनाढ्य परिवारले मिका सिंहलाई गीत गाउन बोलायो त्यो पनि कश्मीर जलेको दुई दिनपछि मात्र । धिक्कार छ त्यस्तो सम्पन्नतालाई, धिक्कार छ यस्तो सम्पत्तिलाई …।

एक जना भारतीय लेख्छन्, “मिका दाई तपाईं त गद्दार हुनु हुँदो रहेछ । देसले तपाईंलाई यताति धेरै दियो, थुक्क!”

मिकाले गत ८ अगस्तमा कराँचीमा उक्त कार्यक्रम गरेका थिए । भारत र पाकिस्तानबीच राजनीतिक रूपमा तनाव भएपनि समान भाषा संस्कृतिका कारण कलाकारहरू एकअर्को देशमा कार्यक्रम गर्ने गरेका छन् ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: