सिंगापुरबाट फर्किने वित्तिकै प्रधानमन्त्रीले भने, ‘मेरो स्वास्थ्य सामान्य छ’

काठमाडौंः  सिंगापुरमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थलमा पत्रकारसँग बोल्न माननेन् । तर सामाजिक सञ्जालमार्फत उनले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको जानकारी दिएका छन् ।

ओलीले आफ्नो स्वास्थ्यप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद भनेका छन् । उनले उपचारमा संलग्न चिकित्सकको टोलीप्रति आभार व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्