ग्लोबल टि–२० लिग खेलेर स्वदेश फर्किए सन्दीप

काठमाडौंः  क्यानडामा सम्पन्न ग्लोबल टि–२० लिग खेलेर नेपाली बलर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । उनी आज सोमबार बिहान काठमाडौं आइपुगेका हुन् ।

सन्दीपले यो संस्करणमा ४ खेलमा ५ विकेट लिन सफल भए । टोरन्टो नेशनलमा आवद्ध उनले सुरुका खेलहरु गुमाएका थिए । यो प्रतियोगितामा नेपालबाट सन्दीपसँगै अर्का खेलाडी सोमपाल कामीले पनि सहभागिता जनाएका थिए ।

सन्दीपको टिम एलिमिनेटर राउण्डबाटै आउट भए पनि सोमपालको टिम विनिपेग हग्सले भने उपाधि नै जितेको छ । उपाधि जिते पनि सोमपालले भने एक खेलमा मात्रै मौका पाए ।

कमेन्ट गर्नुहोस्