नेपाली भूमिबाटै मानसरोवर कैलाशको दर्शन गर्न सकिने

हुम्लाः  नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीको पाँच हजार मिटर अग्लो लाप्चा लेकबाट मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएको छ ।

स्थानीयले उक्त लेकबाट मानसरोवर कैलाशको दर्शन गर्ने गरिएकोमा चिनियाँ सरकारले नेपालीलाई जान नदिने जनाए पछि अब लिमीको लाप्चा लेकबाटै कैलाश मानसरोवरको दर्शन गर्न सकिने भएको हो ।

याे पनि पढ्नुस  हुम्लालाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

स्थानीय छिरिङ पाल्दनका अनुसार एउटा उत्तम विकल्पको रुपमा रहेको यस लेकबाट दर्शन गर्नेको संख्या बढेको छ ।

लाप्चा नाकाकै प्रचार प्रसारको लागि आगामी असोज पहिलो हप्ता पर्यटन बोर्ड टोलीलाई लाप्चामा आमन्त्रण गरिने गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताए । पैदल हिँडेर चारदेखि पाँच दिनसम्म लाग्ने लाप्चा नाकामा अहिले सडक निर्माण शुरु भएको छ ।

याे पनि पढ्नुस  हुम्लालाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

सिमकोट हिल्सा नाकाको च्याछरा खण्डको सडक निर्माण भई संचालनमा आए गाडी जान सकिने छ । यसपछि नेपाली भूमिबाटै मानसरावर कैलाशको दर्शन गर्न सहज हुने अध्यक्ष लामाले बताए । रासस

कमेन्ट गर्नुहोस्