विद्यार्थीसँग १० हजार घुस लिँदै गर्दा शिक्षक पक्राउ

दाङ । दाङमा एक जना शिक्षक १० हजार घुससहित पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१८ मा रहेको रझेनामा उच्च मावि राहत दरबन्दीमा कार्यरत शिक्षक गणेश केसीलाई अख्तियार अनुसन्धान आयोग नेपालगञ्जको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।

विद्यालयमा सञ्चालन भएको सिभिल इञ्जिनियरिङ्गको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै एक जना विद्यार्थीबाट १० हजार रुपैयाँ लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको बताइएको छ ।

याे पनि पढ्नुस  ट्राफिक प्रहरीले लिए ‘रिचार्ज कार्ड’ घुस, सजायको माग आरोपपत्र दायर

रुकुमको सिन्ने स्थायी घर भएका शिक्षक केसी रुकुमकै एक विद्यार्थीसँग घोराहीको एक होटलमा बसेर पैसा लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्