कोपिला बचाऊ अभियानः प्रवासी ज्याबन समाजद्वारा एक लाख ८० हजार संकलन

काठमाडौंः  दुवै मृगौला फेल भएर सहयोगको याचना गरिरहेकी बझाङको बुंगल नगरपालिका–२ बथ्थी बस्ने बिरबहादुर धामीकी श्रीमती २५ वर्षीया कोपिला धामीको उपचार सहयोगका लागि सहयोगीदाता बढ्दै गएका छन् ।

आर्थिक अवस्था निकै कमजोर रहेको धामीको उपचारका लागि देश तथा विदेशबाट सहयोग गर्ने दाताहरु बढ्दै गएका हुन् । यसैबीच, प्रवासी ज्याबन समाज भारत बैंग्लोरले पनि कोपिलाको उपचारका लागि आर्थिक संकलन गरिरहेको छ ।

करिब आधी महिनादेखि सहयोग संकलनमा जुटेको प्रवास समाजले अहिलेसम्म करिब एक लाख ८० हजार (नेरु) सम्म सहयोग रकम संकलन भएको समाजका अध्यक्ष गंगलाल धामीले जानकारी दिए । उनका अनुसार ‘कोपिला बचाऊ अभियान’ सञ्चालन गरेर रकम संकलन भइरहेको छ ।

याे पनि पढ्नुस  ‘प्रवासी ज्याबन समाज बैंग्लोर’द्वारा मृगौला पीडित कोपिला धामीलाई झण्डै ४ लाख सहयोग

भारतमा ‘कोपिला बचाऊ अभियान’ मा श्री पशुपतिनाथ जनकल्याण समिति भारतले पनि आर्थिक संकलनमा सहयोग गरिरहेको ज्याबन प्रवास समाजका अध्यक्ष धामीले जानकारी दिए । सामाजिक अभियान्ता एवं श्री पशुपतिनाथ जनकल्याण समाजका सस्थापक जनेश्वर जोशी पनि कोपिला बचाऊ अभियानमा निकै सक्रिय रहेका छन् ।

याे पनि पढ्नुस  मृगौला पीडित कोपिलालाई जापानबाट पनि सहयोग, ‘इन्द्रेणी’कार्यक्रम मार्फत हस्तान्तरण

उनले कोपिलाको उपचारको लागि देश तथा विदेशमा रहेका नेपालीहरुलाई आग्रहका साथै दिनहुँ सामाजिक सञ्जालमार्फत् सबैलाई आग्रह गरिरहेका छन् ।

ज्यावन समाजले कोपिलाका लागि आर्थिक सहयोग गर्न पनि सम्पूर्ण स्वदेश तथा विदेशमा बसेका नेपालीलाई अनुरोध गरेको छ । कोपिला अहिले काठमाडौंमा छिन् ।

यदि कोपिला धामीलाई तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने भारतमा गगंलाल धामी (प्रवासी ज्याबन समाजका अध्यक्ष) ०८०९९८०६५९४२१, ०८०८८९२६१०००१ (श्री पशुपतिनाथ जनकल्याण समाजका संस्थापक जनेश्वर जोशी) र कोपिला धामीको नम्बर ९८६५९७२८२७ मा फोन गरेर बुझोर सहयोग गर्न सक्नु हुनेछ । उनको उपचारका लागि झण्डै ३० लाख खर्च लाग्ने चिकित्सकले बताएका छन् ।

याे पनि पढ्नुस  मृगौला पीडित कोपिलालाई जापानबाट पनि सहयोग, ‘इन्द्रेणी’कार्यक्रम मार्फत हस्तान्तरण

यसैबीच, कोपिला बचाऊ अभियानले उनको सहयोगार्थका लागि भारतमा सांस्कृति कार्यक्रमको आयोजनासमेत गरेको छ । कार्यक्रम यही अगस्ट १७ तारिखमा बैंग्लोरको शान्तिनगर ढबल रोड पेट्रोल पम्प नजिकै हुनेछ । कार्यक्रममा विभिन्न कलाकारको सहभागिता रहने बताइएको छ । विस्तृत जानकारीका लागि तलको कार्ड हेर्नुस्–

कमेन्ट गर्नुहोस्