प्रधानमन्त्रीको ट्वीटमा यस्ता आए प्रतिक्रिया

काठमाडौँ। सिंगापुरमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्केका प्रधानमन्त्री सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो स्वास्थ्यबारे जानकारी दिएपछि त्यसमा प्रतिक्रियाको ओइरो लागेको छ ।

प्रधानमन्त्री ओलीको ट्वीटर ह्यान्डलमा भनिएको छ, ” सिंगापुरमा स्वास्थ्य परिक्षण गरी आज फर्किएको छु। मेरो स्वास्थ्य सामान्य रहेको छ। परिक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गर्दछु। मेरो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्नु हुने सवै दिदीबहिनी-दाजुभाईहरूलाई धन्यवाद दिन चाहन्छु।”

सोमबार अपरान्ह २ बजेर ३२ मिनेटमा गरिएको उक्त ट्वीटमा छ सय बढी लाइक आएका छन् भने ४२ जनाले यसलाई रिट्वीट गरेका छन् ।

प्रधानमन्त्रीको ट्वीटमा आएका अधिकांश प्रतिक्रियाहरू भने नकारात्मक रहेका छन् ।  केहीले भने देशभित्रका स्वास्थ्यसंस्थाहरूको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् भने केहीले प्रधानमन्त्रीको सुस्वास्थ्यको कामना गरेका छन् ।

बालक नामको ट्वीटर ह्यान्डल भएका प्रयोगकर्ताले प्रधानमन्त्री सिंगापुरमा उपचार गराइरहने र आफ्ना आमाबुबा उपचार नपाएर बस्नु परेको भन्दै आक्रोश पोखेका छन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्री राराका लागि प्रस्थान

त्यस्तै आफूलाई ‘अनिल ब्लुज’ भनेर चिनाउने प्रयोगकर्ताले प्रश्न गरेका छन्, “नेपाली चिकित्सक को विश्वास नभएर गएको त होला बिदेश उपचार गर्न ? तपाईलाई यो देशमा उपचार सम्भव नभएको रोग लागे जस्तो लाग्दैन !”

राजन केसीले ‘वेलकम ब्याक’ भन्दै लेखेका छन्, “अन्यथा नलिनु होला, नेपालमा उपचार नहुने रोग लाग्दा त ठिकै हो नत्र नेपालमा पनि निकै जटिल रोगको उपचार हुन्छ भन्ने जान्दा जान्दै बिदेशमा उपचार गराउँदा खर्च त बढयो नि हैन प्रम ज्यू ?”

आचार्य दीपकले प्रश्न गरेका छन्, उहाँहरू जनताको सेवामा त्यो पदमा बस्नु भएको हो । अब के जवाफ चाहियो भने हामी नेपाली जनतालाई प्रमको जस्तै रोग लागेमा कहाँ उपचार गराउने र त्यसको खर्च सरकारले बेहोर्छ कि बेहोर्दैन ? त्यस्तै उपचार सुविधा नेपालमा दिने व्यवस्था किन नगर्ने जवाफ चाहियो ?”

याे पनि पढ्नुस  शान्ति विश्वविद्यालयद्वारा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

सुभाष श्रेष्ठ नामको ह्यान्डलबाट यसो प्रतिक्रिया आएको छ, ” सुस्वास्थको कामना! नरिसाउनु होला प्रधानमन्त्री ज्यु । आफ्नो देशमा नै सिङ्गापुरको झै अस्पातल बनाउन सके सक्षम डाक्टरलाई नेपालमा नै उत्पादन गर्न सके मेडिकल माफियाहरुलाई निरुत्साहित गर्न सके किन विदेश चाहर्नु पर्थ्यो होला र सबै नेपालीहरु तपाईं जस्तै बिदेशमा उपचार गराउन कहाँ सक्छन र ?”

विश्वास वान्तवाले ‘खर्चको विवरण पनि सार्वजनिक गरेर जवाफदेहिता र पारदर्शितालाई नेपालमा संस्थागत गर्ने हो कि?’ भन्दै प्रश्न गरेका छन् ।

पदमराज पन्तले लेखेका छन्, “आजसम्म गरेको खर्च वीर अस्पत्तालको स्तरोन्नतिमा खर्चेको भए आउँदा दिनहरुमा आफुलाई पनि सजिलो हुने र सबै नेपालिले पनि सजिलै आफ्नै देशमा सेवा प्राप्त गर्न सक्थे ।यसबारेमा सोच्ने अझै पनि समय छ प्रधानमन्त्री ज्यु । कुनै एउटा राम्रो काम त गरेर जानुस ।”

महेश कुमार गौतमले, “स्वास्थ्यले साथ दिएसम्म अहोरात्र खट्नुहोस् ! एउटा राम्रो पद्धति बसाएर जानुहोस् !” भन्दै प्रधानमन्त्रीको स्वस्थ्य र दीर्घ जीवनको कामना गरेका छन् ।

याे पनि पढ्नुस  ओलीको कडा बोली– डा. केसी, आयोगको अध्यक्ष बन्नुस, के सुधार्नु पर्ने हो बहस गरौं

कृष्णप्रसाद भुसालले भविष्यमा प्रधानमन्त्रीले उपचारका लागि विदेश जानुपर्ने अवस्था नआओस भन्ने कामना गरेका छन् भने त्रिविक्रम सिंहले खर्चको विवरण पेश गर्न भनेका छन् ।

दलित ब्राह्मण भनेर ट्वीटर परिचय हुनेले दुईचार सुविधासम्पन्न अस्पताल देशमै खोल्न आव्हान गर्न भ्याएका छन् भने हराएको मान्छे भनेर चिनिनेले देशलाई प्रम ओलीको आवश्यकता भएकाले आफ्नो स्वास्थ्यप्रति सजग हुन भनेका छन् ।

एकराज बुढाथोकी भन्ने ट्वीटर प्रयोगकर्ताले गफ मात्रै दिएकाले गालीको वर्षा भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीले सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका हुन् । मृगौलाको समस्याले पिडित रहेका प्रम ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी थिए ।

कमेन्ट गर्नुहोस्