आइपीएलः आजिक्य रहाणे दिल्ली क्यापिटल्समा जोडिने सम्भावना

काठमाडौंः  इन्डियन प्रिमियर लिग (आइपीएल) मा राजस्थान रोयल्सबाट खेलिरहेका आजिक्य रहाणे आइपीएलको अर्को टिम दिल्ली क्यापिटल्समा जानसक्ने सम्भावना बढेको छ ।

भारतीय पत्रिका दैनिक जागरणकाअनुसार रहाणेलाई दिल्लीमा ल्याउनका लागि छलफल भइरहेको छ । उनको सट्टामा राजस्थानमा दिल्लीको कुन खेलाडी जोडिने भन्नेबारे भने खुलाइएको छैन ।

केही दिनअघि नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्लीले मुम्बई इन्डियन्सका मायंक मार्कन्डेलाई टिममा समावेश गरेको थियो । भने, शेरफन रेदरफर्डलाई मुम्बईलाई दिएको थियो । यसैबीच रहाणेको पनि चर्चा चलेको छ ।

रहाणेले २०१८ मा राजस्थानको नेतृत्व गरेका थिए । र, उनले टिमलाई प्लेअफमा पुर्याएका थिए । गत सिजनमा सुरुका केही खेलमा रहाणेले टिमको कप्तानी सम्हाले पनि पछि स्टिभ स्मिथले टिमको नेतृत्व गरेका थिए । गत संस्करणमा रहणाले उत्कृष्ट प्रदर्शन गरेका थिए । यदि उनी दिल्लीमा गएमा शिखर धवनसँग ओपनिङ गर्नेछन् ।

कमेन्ट गर्नुहोस्