Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेकपाको सचिवालय बैठक सर्‍यो

काठमाडौंः  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार बोलाइएको सचिवालय बैठक बुधबारका लागि सरेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट उपचार गरेर फर्किन ढिलाई भएकाले बैठक सरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रवक्ता’ ले प्रधानमन्त्रीका अनुसार स्वदेश आगमन एकदिन सरेकाले बैठक पनि सरेको हो। गृहकार्य गर्न समय अपुग भएकाले बैठक एक दिनपछि बस्ने गरी सारिएको उनले जानकारी दिए ।

यसअघि बैठक मंगलबार बस्ने कार्य तालिका रहेको थियो । नेकपाको सचिवालयको बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय बालुवाटारमा डाकिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: