बालुवा उत्खननका कारण ककनीको कोल्पुमा दुईको ज्यान गयो

नुवाकोट । ककनी गाउँपालिकाको कोल्पु खोलामा खाल्डोमा डुबेर दुई जनाको ज्यान गएको छ । स्थानीय खोलामा बालुवा उत्खनन गरेर छाडेको खाल्डोमा डुबेर दुई जनाको ज्यान गएको हो ।

नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं.१ स्थित कोल्पु खोलामा डुबेर ज्यान गुमाएकामध्ये एकजना स्थानीय १३ वर्षकी बिनिता बलामी रहेकी छिन् । यस्तै अर्को सिन्धुली जिल्ला फिक्कल गाउँपालिकाकी ३५ बर्षिय लक्ष्मी तामाङ रहेकी छिन् ।

बिनिता बलामी नुहाउन जाने क्रममा बालुवा झिकेको खाल्डोमा परेर डुबेकी थिईन् । उनलाई बचाउन सँगै रहेकी लक्ष्मी तामाङ पनि बचाउने क्रममा डुबेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । गाउँपालिका र वडा कार्यालयकै मिलेमतोमा बालुवा उत्खनन् कार्य हुदै आएको थियो ।

ज्यान गुमाएका दुई शवलाई वालुका उत्खनन् गर्ने व्यक्ति मोहन कृष्ण श्रेष्ठको बालुवा भण्डारण र स्काभेटरसँगै राखेर प्रदर्शन जारी राखेको छ । खोलामा बालुवा झिक्न नपाउने माग सहित स्थानीयले प्रशासन र वडा कार्यालयको विरोध गरिरहेको छ ।

सोमबार साँझ ५ बजेर ४५ मिनेटको उक्त घटनालाई लिएर यतिखेर कोल्पुखोलामा तानावपूर्ण अवस्था सिर्जना भएको छ । स्थानीयले क्षतिपूर्तिको माग सहित बालुवा उत्खनन् कार्य तत्काल बन्द गर्नुपर्ने माग राखेका छन् । स्थानीय प्रशासनका अनुसार वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामीसहितको स्काभेटरहरुले बालुवा उत्खनन् गर्दै आईरहेको बुझिएको छ ।

घटना घटेको ठाउँमा स्थानीय मोहनकृष्ण श्रेष्ठले बालुवा उत्खनन् गर्दै आईरहेका छन् । उनको स्काभेटरमा भने स्थानीयले कुनै क्षति पुर्याएका छैनन् । घटनाको जिम्मा मोहनकृष्ण श्रेष्ठले नलिएसम्म शव नबुझ्ने भन्दै अहिले विरोध भईरहेको स्थानीय दिपक बलामीले घटनास्थलबाट जानकारी दिएका छन् ।

गाउँपालिका र वडाकै मिलेमतोमा बालुवा उत्खनन्

नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं।. १ स्थित कोल्पुखोलामा बालुवा निकाल्ने काम १ बर्षदेखी निरन्तर हुुदै आएको छ । वर्षायामभन्दा अघि स्थानीय डाँडाँकाडाँमा स्काभेटर लगाएर बालुवा उत्खनन् गर्ने कार्य गरेको ठेकेदारहरुले बर्षायाम शुरु भएदेखी नै कोल्पु खोलाको ठाउँ ठाउँमा बालुवा उत्खनन् गरिरहेका छन् । पटक पटक प्रशासनले यसमा रोक लगाउन खोजेपनि अतेरी भएको स्थानीय प्रहरी प्रशासनले बताएका छन् ।

वडाध्यक्षको दुईवटा स्कोभेटर छ । दुईवटा स्काभेटरले दिनको २०औं टिप बालुवा वडाध्यक्षले निकाल्छन्, स्थानीयले बताए । यस्तै वडा अध्यक्ष नै यस्तो कार्यमा लागेपछि अरुले किन नगरोस् । वडा अध्यक्ष र गाउँपालिकाले कमिशनको चक्करमा लापरवाही गरेको आरोप स्थानीयको छ ।

वडाध्यक्ष चन्द्रबहादुर बलामीको २ वटा स्काभेटरसहित अहिले कोल्पु खोलामा ७०० मिटको बीचमा १० वटाभन्दा बढी स्काभेटर प्रयोग भईरहेको छ । ५०० घरदुरी रहेको गाउँको स्थानीय नुहाउन खोलामा जाने गर्दछन् । त्यही क्रममा मानवीय क्षति हुने खालको घटनाहरु भएकोले तत्काल बालुवा उत्खनन् कार्य बन्द हुनुपर्ने स्थानीयहरुको माग रहेको छ ।

कमेन्ट गर्नुहोस्