प्रतिगामीहरू क्रान्तिकारी ध्रुवीकरणबाट अत्तालिएः प्रचण्डको सचिवालय (विज्ञप्तिसहित)

काठमाडौं । विदेशमा प्रचण्डको सम्पत्ति लुकाइएको भन्ने विभिन्न सञ्चार माध्यममा आएका समाचार प्रति प्रचण्डको सचिवालले गम्भीर आपत्ति जनाएको छ।

प्रचण्डको सचिवालय द्वारा जारी गरिएको विज्ञप्तीमा जनक्रान्तिका उपलब्धीविरुद्ध प्रतिगामी तत्वहरु योजनाबद्ध ढंगले लागि परेको भन्दै यस्ता अनर्गल प्रचारको पछि नलाग्न भनेको छ। यस्तो छ प्रचण्डको सचिवालयको विज्ञप्ती यतिबेला जनक्रान्तिका उपलब्धी विरुद्ध प्रतिगामी तत्वहरुबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुश्प्रयास भइरहेको छ ।

याे पनि पढ्नुस  नेकपाभित्रको बहसः कम्युनिष्ट र गैरकम्युनिष्ट प्रवृतिबीचकाे संघर्ष

क्रान्तिकारी ध्रुवीकरणबाट अत्तालिएका प्रतिगामी तत्वहरु क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीन र भ्रामक कुप्रचारमा लागेका छन् । यसकै पछिल्लो कडीको रुपमा अध्यक्ष कमरेड प्रचण्डको दुबई भ्रमणको बिषयलाई लिएर केही कुत्सित मनसाय भएका व्यक्तिहरु उनको बदनाम गर्न उद्दत छन् । दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने उनीहरुको कुप्रचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ ।

याे पनि पढ्नुस  ओलीलाई बैठक शब्दको ‘एलर्जी’ छ, सत्ता जोगाउन आफैं आन्दोलन गर्न लगाउनु भएको हो : यादव

यस प्रकारको दुरासयपूर्ण अभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रान्तिकारीहरुको षडयन्त्रपूर्ण भ्रामक प्रचार मात्र हो । कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौति दिन्छौं । परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका यस खालका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं ।

याे पनि पढ्नुस  नेकपा एकताको दोस्रो वर्षगाँठः एकता सामान्य परिघटना थिएन

यस प्रकारका षडयन्त्रपूर्ण र झुटा प्रचार गर्ने तत्वहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौं ।

२८ साउन, २०७६ ………………..जोखबहादुर महरा ‘प्रताप’

प्रमुख स्वकीय सचिव अध्यक्ष प्रचण्डको निजी सचिवालय

कमेन्ट गर्नुहोस्