साप्ताहिक सञ्जालका उपाध्यक्ष बराललाई आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न माग

चितवन । साप्ताहिक सञ्जाल चितवन पत्रकार सूर्य बरालमाथि भरतपुरमा दिनदहाडै आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ ।

साप्ताहिक सञ्जाल चितवनका उपाध्यक्ष समेत रहेका पत्रकार बराललाई भरतपुर महानगरपालिका ३ नारायणी दोभानमा रहेको आफ्नै घर नजिकको बारीमा आक्रमणकारी आएर सुर्य बराल भनेको तपाई नै होइन भन्दै एक्कासी हेल्मेट र बेल्चा प्रयोग गरि आक्रमण गरेकामा घटनाको एक विज्ञप्तिमार्फत घोर निन्दा गरेका छ ।

सञ्जालका अध्यक्ष नवराज ढकाल तथा महासचिव आचार्यद्धारा विज्ञप्तीमा हालसम्म दोषीलाई पक्राउ नगरेकोमा कडा आपत्ति प्रकट गरिएको छ भने प्रेस स्वतन्त्रतामाथि यसरी आक्रमण हुनुले चितवनको पत्रकारीता मा चुनौति थपिएको सञ्जालका अध्यक्ष ढकालले बताए । उनले दोषी छिटो पक्राउ नगर सञ्जाल आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन् ।

चितवनबाट नियमित प्रकाशन भइरहेको साप्ताहिक पत्रिकाहरुको संगठन हो सप्ताहिक सञ्जाल । पछिल्लो समय पत्रकार बराले भण्डाफोर अभियान साप्ताहिकमार्फत अवैध मिटर व्याजको धन्दा, गुण्डागर्दी, नक्कली चेक वाउन्स, ठगी अपराधको बिषयमा निरन्तर समाचार प्रकाशन गरिरहेका छन् । अहिले जिल्ला प्रहरी कार्यालयमा ठाडो उजुरी दर्ता गएका छन् ।

कमेन्ट गर्नुहोस्